काठमाण्डु – चीनबाट ८ लाख डोज खोप मंगलबार नेपाल आइपुग्ने भएको छ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराउने उक्त खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राती बेइजिङ जाँदैछ ।
सोमबार राति ११ बजे नेपाल एयरलाइनसको एयरबस ए ३३० जहाज खोप लिन बेइजिङ जाने नेपाल एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनले जानकारी दिए ।
यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए । निगमको चार्टर्ड विमान राति ११ बजे जाने विमान भोलि १० लाखमध्ये ८ लाख डोज खोप लिएर नेपाल आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उक्त खोप खोप नलगाएका ७७ वटै जिल्लाका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्र्तगतको खोप महाशाखाका प्रमुख झलक गौतम चीनबाट ल्याइने उक्त खोप पहिलो पटक लगाउने नागरिकहरुलाई खोपको मात्रा दिइने बताए ।
उनले खोप आइसकेपछि आवश्यक निर्णय लिने पनि जानकारी दिए । चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।




प्रतिक्रिया