कोरोना नियन्त्रणमा सराेकारवाला नै छैनन् जिम्मेवार, खोप केन्द्रमा थामी नसक्नु भीड

कोरोना नियन्त्रणमा सराेकारवाला नै छैनन् जिम्मेवार, खोप केन्द्रमा थामी नसक्नु भीड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो केही हप्ता कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा संक्रमण बढेको देखिन्छ ।

निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको जनस्वास्थ्यविद् डा . अरुणा उप्रेतीले बताइन् । उनले भनिन्, ‘निषेधाज्ञा खुकुलो भएसंगै सबै कोरोना नै छैन जसरी प्रस्तुत भयौँ न मुखमा मास्क लगायौँ न हातमा सेनीटाइजर लगाउन ध्यान दियौँ । जताततै भिडभाड बढेको छ । त्यसैले अहिले संक्रमण बढ्दै जान थाल्यो ।’

पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो ।

कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा खुकुलो भएसंगै स्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा संक्रमण पुनः बढ्ने उनको भनाइ छ ।

खोप केन्द्रबाटै संक्रमण बढ्ने डर

सरकारले कोरोनाविरुद्धको खोप अभियान संचालन गरिरहेको छ । खोप केन्द्रको व्यवस्थापनमा ध्यान नदिदा त्यहीबाटनै संक्रमण फैलने जोखिम बढेको डा. उप्रेतीको भनाइ छ ।

‘अहिले जारी खोप अभियानले गर्दा कोरोना फैलने जोखिम बढेको छ । मानिसहरु बिहानैदेखि खोप केन्द्रमा लाइनमा बस्ने गरेका छन्,’ उनले भनिन्, ‘भिडभाड छ ठेलमठेल छ अरु के कुरा गर्नु म आफैं हिमाल हस्पिटलमा खोप लगाउन पुग्दा मानिसहरु बिहान ५ बजेदेखिनै लाइनमा बसेका रहेछन् । व्यवस्थित नै छैन सामाजिक दुरीको कुरा गर्छौ खोप केन्द्रमा हेर्ने हो भने खुट्टा टेक्ने ठाँउ नै छैन ।’

उनले सबैभन्दा पहिले खोप केन्द्रहरुको व्यवस्थापन हुनुपर्ने बताइन् । साथै सार्वजनिक स्थलहरुमा थप कडाइ गरेर भएपनि भौतिक दुरीसंगै स्वास्थ्यका मापदण्ड लागू गनुपर्ने डा. उप्रेतीको भनाइ छ । यता वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण गर्न पनि टेकु अस्पतालमा भिड लागेको छ ।

जनस्वाथ्य विज्ञहरुले भिड व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले खोप कार्ड दिने गरेको छ, त्यो नेपालीमा लेखिएकाले विदेशमा मान्यता पाउने सम्भावना नै भएन ।

त्यसैले कार्ड अंग्रेजीमा प्रमाणीकरण गर्न सरकारले अर्को व्यवस्था गरेको छ । टेकु अस्पतालमा मात्र खोप कार्ड प्रमाणीकरण हुँदा भिड बढेपछि आजबाट अन्य तिन अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण हुने भएको छ । स्वास्थ्य मन्त्रालयको बिहीबार सचिवस्तरीय निर्णय अनुसार सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।

सङ्क्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् । जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताए ।

खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सार्ने जोखिम उत्तिकै रहेको उनको भनाइ छ । उनले भने, ‘खोप लगाएका मानिसले लापरवाही गरेको देखिएको छ । खोपले लाग्नै नदिने भन्दापनि लक्षण कम गराउने हो त्यसैले सबै सचेत बनौँ ।’

तेस्रो लहर आउन सक्छ

सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै सङ्क्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, श्ययालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले भनेको छ ।तेस्रो लहर बालबालिकाका लागि बढी जोखिम रहेकाले सबै स्वास्थ्य संस्थालाई बालबालिकाका लागि २० प्रतिशत शैया छुट्याउनमन्त्रालयले यसअघिनै निर्देशन दिइसकेको थियो ।