गोसाइकुण्ड गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका

गोसाइकुण्ड गाउँपालिका कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा- गोसाइकुण्ड गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयाेजित कार्यक्रममा गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले पहिलाे पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताए ।

गाउँपालिकाको आठ हजार ४३ कुल जनसंख्या १२ वर्ष उमेर पुगेका सम्पूर्ण नागरिकले कोभिड १९ विरुद्धको दुई डोज खोप प्राप्त गरेको उनले बताए ।