कहिले आउँछ कोरोना भाइरसको भ्याक्सिन ?

कहिले आउँछ कोरोना भाइरसको भ्याक्सिन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८७ लाख पुगेको छ । त्यस्तै मृतकको संख्या ७ लाख पुुगिसकसकेको छ । यो महामारीबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका, ब्राजिल, भारत, रुस र दक्षिण अफिका रहेका छन् ।

जहाँ भारतमा २४ घण्टामा ५० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा पनि ५७ हजार संक्रमित फेला परेका छन् । भने २४ घण्टामा १४ सय भन्दा बढीको मृत्यु भइसकेको छ । हालसम्म भारतमा कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या बढिरहेकाले मृतकको संख्या घटेको बताइएको छ ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्युदर बढिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोनाबाट हरेक १५ सेकेन्डमा एक जना मानिसको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । अर्थात रहेक दिन पाँच हजार ९ सय मानिस कोरोनाका कारण ज्यान गुमाउन बाध्य छन् ।

विश्वमा तिव्र वेगमा फैलिरहेको कोरोना भाइरसको भ्याक्सिन आवश्यक रहेको छ । यो भ्याक्सिन चाँडै नै सर्वसाधारणको पहुँचमा पुर्याउन आवश्यक छ ।

त्यसो भए कहिलेसम्म बन्छ त कोरोनाको भ्याक्सिन ?

कोरोना भाइरसको भ्याक्सिनबारे अमेरिकाकी प्रख्यात संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले अर्को वर्षको सुरुवातमा करोडौं कोरोना भाइरसको खोप बन्ने दाबी गरेका छन् । ‘भ्याक्सिन बन्ने प्रक्रिया सकारात्मक छ । छिट्टै नै कोरोना भाइरस हाम्रो नियन्त्रणमा आउनेछ,’ उनले भने ।

डा. फाउचीले कोरोना भाइरसको भ्याक्सिन बने पनि पूर्णरुपमा नियन्त्रणमा ल्याउन सम्भव नरहेका दाबी गरेका छन् ।

अमेरिकाको चुनाव अगाडि आउँछ कोरोनाको भ्याक्सिन ?

अमेरिकामा यो वर्षको नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ । चुनाव अगावै कोरोनाको भ्याक्सिन आउनेमा राष्ट्रपति डोनाल्ड ट्रम्प आशावादी रहेका छन् । यसबारेमा डा फाउचीले वैज्ञानिकहरुलाई कोरोना भाइरसको खोप निर्माणमा राजनीतिक दबाब दिन नहुने बताए । कोरोनाको खोप निर्माणका लागि कसैले कसैलाई पनि दबाब दिन नहुने उनको बुझाई छ ।

ब्रिटेन सरकारका एक वरिष्ठ सल्लाहकारले कोरोना भाइरसको खोप २०२० को अन्त्य र २०२१ को सुरुवातमा सर्वसाधारणको पहुँचमा पुग्ने दाबी गरेका छन् ।

स्वास्थ्य क्षेत्रसँग जोडिएको च्यारिटी संस्था वेलकम ट्रस्टका डाइरेक्टर जेरमी फेरारले पहिलो चरणको कोरोना विरुद्धको भ्याक्सिन तयारी अवस्थामा रहेको तर, त्यसले काम नगर्ने बताएका छन् । उनले चाँडै नै कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।

यता भर्खरै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने कोरोना भाइरसको खोप निर्माण हुनेमा शंका व्यक्त गरेका छ । डब्ल्यूएचओले कोरोना भाइरसको भ्याक्सिन निर्माण भए पनि यो संक्रमण निमूल नहुने दाबी गरेको छ । तर, विश्वभरीका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सिन निर्माण गर्न जुटिरहेका छन् ।

अमेरिकाको एक भ्याक्सिन निर्माण गर्ने कम्पनी नोवाबेक्सकाअनुसार भ्याक्सिनले कोरोना भाइरसलाई अन्त्य गर्नेछ ।

उक्त कम्पनीले एनभिएक्सकोभी–२३७३ कोरोना भाइरस निर्मूल गर्न सक्षम रहेको दाबी गरेको हो । यसले शरीरमा उच्च्स्तरको एन्टीबडी पनि निर्माण गर्ने बताएको छ ।

ताकी भविष्यमा शरीरमा कोरोना भाइरसले आक्रमण गर्न सक्दैन । तर, यो भ्याक्सीनको निर्माण अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले सन २०२१ मा उक्त भ्याक्सिनको डोज दुई सय करोड उत्पादन हुने बताएको छ ।