कोरोना भाइरसविरुद्धको भ्याक्सिन सबैलाई दिन्छौंः चीन

कोरोना भाइरसविरुद्धको भ्याक्सिन सबैलाई दिन्छौंः चीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले बन्दै गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सबैको पहुँचमा पुर्याउने बताएको छ । चीनले भ्याक्सिनको परीक्षण सफल भएमा विश्वव्यापी रुपमा पुर्याउने बताएको हो ।

विज्ञान र प्रविधि मन्त्री वाङ झिवाङ ले बेइजिङमा पत्रकार सम्मेलन गर्दै खोप विकास, क्लिनिकल परीक्षण र आवेदनमा अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् ।

‘सफल अनुसन्धान र क्लिनिकल परीक्षण पछि आवेदनका लागि तयार भएमा चीनले आफ्नो खोपलाई विश्वव्यापी रूपमा राम्रो बनाउँनेछ’, एक वरिष्ठ चिनियाँ अधिकारीले भने ।