काठमाण्डु –नेपाललाई भारतले निशुल्क खोप दिने भएको छ । कती खोप दिने भनेर यकिन नभएतापनि भारतले नेपाललाई खोप भने निशुल्क दिने पक्का भएको छ ।
छिमेकी मुलुक बंग्लादेशलाई भने २० लाख डोज दिने जनाएको भारतले नेपाललाई कती दिन सकिन्छ भनेर आन्तरिक छलफल गरिरहेको जनाईएको छ । बंग्लादेशलाई दिईएको डोज जति नै डोज नेपालले पाउन सक्ने सम्भावना रहेको जनाईएको छ ।
गत हप्ता नेपाल सरकारले ‘कोभिसिल्ट’ खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेपछि भारतले यस्तो निर्णय गरेको हो । नेपाललाई भारतको सीरम संस्थान (एसआईआई) द्वारा निर्मित खोप दिने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतीय पक्षले ‘खोपहरू खारेज भएपछि नेपालको आवश्यकतालाई प्राथमिकतामा राखिने बताएको छ । भारतले छिमेकी देशहरुका लागि सीरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकीलाई प्रदान गर्ने निर्णय भएको भारतीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
उनकाअनुसार अर्को हप्ताबाट खोप वितरण गर्ने योजना भारतको छ । गत माघ १ गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा नेपाललाई कोरोनाको खोप दिने भारतीय पक्षले बताएको थियो । मन्त्री ज्ञवालीले भारतले कोरोनाको खोप दिने विषयमा छलफल भएको बताएका थिए ।




प्रतिक्रिया