चीनले कोरोना भाइरसको भ्याक्सिनको नियमित प्रयोग थाल्यो

चीनले कोरोना भाइरसको भ्याक्सिनको नियमित प्रयोग थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनले निर्माण गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको नियमित प्रइोग गर्न सुरु गरिएको छ । चिनियाँ कम्पनीहरूले विकास गरेको खोपहरूको आपतकालीन प्रयोगका लागि अधिकार पाएको हो ।

चिनियाँ घरेलु कम्पनीहरूले विकास गरेको कोभिड–१९ खोपको आपतकालीन प्रयोगको अधिकार पाएको छ । एक चिनियाँ स्वास्थ्य अधिकारीले उक्त खोप आपतकालीन प्रयोगका लागि अनुमति पाएको पुष्टि गरेकी छन् ।

‘कोरोना संक्रमित हुने उच्च जोखिममा रहेका मानिसहरूलाई यो खोप प्रयोग गर्न अनुमति दिएको हो’, उनले भनिन् ।

चीनको कोरोनाभाइरस खोपका प्रमुख चेङ चोङ्गवेले एक महिनादेखि उक्त खोपहरुको प्रइोग गरिरहेको बताए ।

‘खोपको अत्यावश्यक प्रयोगको औपचारिक रुपमा एक महिना बितिसकेको छ । जुन खोपहरू क्लिनिकल परीक्षणको क्रममा थिए’,उनले भने ।

उक्त खोप सरकारी कर्मचारी र फ्रन्टलाइनमा खटिनेहरुमा उक्त भ्याक्सिन प्रयोग गर्ने अनुमति पाएको छ ।

चोङ्गले प्रकोप रोक्न अर्को चरणमा बजार, यातायात प्रणाली र सेवा उद्योगहरूमा कार्यरत व्यक्तिहरूलाई खोपको उपलब्धता विस्तार गरिने जानकारी दिए ।

‘मेरो साथीहरूले खोप लगाएपछि केही चक्कर आएजस्तो भएको बताए तर हामीले यसलाई एकदमै सहज रुपमा लियौं । खोप लगाएपछि कुनै पीडा भएन, र हामीले कसैलाई ज्वरो आएको खबर पनि सुनेनौं’, एक स्वास्थ्यकर्मीले भने, ‘धेरै मानिसहरूले घरेलु हिसाबले बनाएको खोपमा आत्मविश्वास महसुस गरिरहेछन् । ’

पहिलो डोज लगाएकाहरुले २८ दिनपछि दोस्रो डोज लिनेछन् ।