काठमाण्डु – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरिब मुलुकहरुमा नयाँ बर्ष (सन् २०२१) को सुरूदेखि नै कोरोना भाइरसविरूद्धको खोप पठाउने बताएको छ ।
कोरोना विरुद्धको खोप सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको बताउँदै डब्लुएचआले कोभ्याक्सलगायतका खोप गरिब मुलुकहरुमा चाँडै उपलब्ध गराउने जानकारी दिएको हो ।
डब्लुएचआले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरूमा पनि सन् २०२१ को सुरू देखि नै खोप पठाइने छ ।’
अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए ।




प्रतिक्रिया