कोरोनाविरुद्ध लड्न बेलायतले नेपाललाई दियो २६० थान भेन्टिलेटर

कोरोनाविरुद्ध लड्न बेलायतले नेपाललाई दियो २६० थान भेन्टिलेटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेलायतले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री नेपाल आइपुगेको हो ।

बेलायतले सहयोग गरेको २६० थान भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्डलगायतका काठमाण्डु ल्याइएको नेपालका लागि बेलायती दूतावासले जनाएको छ ।

बेलायती राजदूत निकोला पोलिटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर उक्त सामाग्री स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड यूकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको छ ।