कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु, १०१४ संक्रमित थपिए

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु, १०१४ संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय २८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख २७ हजार ४ सय ३३ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १७ लाख ९० हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय १४ जना पुगेका छन् ।