काठमाडौं – बारामा एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा बारा करैयामाईका १ र रौतहतका ८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।
यो संँगै प्रदेश २ मा कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । ३५ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया