काठमाडौं – नेपालमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा दुई र कपिलवस्तुमा एक जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ ।
उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो ।
तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरु ३२ र १९ वर्षीय पुरुष र ४२ वर्षीया महिला रहेका छन् । कोरोनाका कारण ज्यान गुमाउनको संख्या ३ पुगेको छ । भने कोरोनाको उपचारपछि ४९ जना डिस्चार्ज भएका छन् ।





प्रतिक्रिया