नर्भिकमा एकसहित प्रदेश २ मा ८२ जना कोरोना संक्रमित थपिए


काठमाडौं – आज प्रदेश नम्बर २ मा ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ सय ९५ पुगेको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलिखेल अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै नर्भिक अस्पतालमा एक जना बिरामीमा कोरोना संक्रमण पाइएको छ । कोरोना संक्रमण पाइएपछि उनलाई अस्पतालबाट निकालेर पाटनको कोरोना अस्पतालमा लगिएको छ । संक्रमित हुनेमा हेटौंडाकी ५६ वर्षीया महिला रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement