बिहिबार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट २ सय २७ जना निको भइ घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ ।

हाल देशभर ५ हजार २ सय २७ सक्रिय संक्रमित छन्। त्यस्तै ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।