पूर्वराज्यमन्त्री कुँवरसहित चन्दननाथ नगरपालिकाका मेयरलाई कोरोना सङ्क्रमण

पूर्वराज्यमन्त्री कुँवरसहित चन्दननाथ नगरपालिकाका मेयरलाई कोरोना सङ्क्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो ।

पूर्वराज्यमन्त्री समेत रहेका कुँवरले भनिन्, ‘उच्च ज्वरो आइ पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो । सम्पर्कमा रहने सबैलाई सचेत रहन आग्रह गर्दछु ।’

नगरप्रमुख सेजुवालले सङ्क्रमण देखिए पनि अहिले कुनै पनि लक्षण नदेखिएको जानकारी दिए ।

यसअघि कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रजवअली मनियार, क्षेत्रीय होटल व्यवसायी सङ्घका दिलबहादुर महत, शिक्षिक भगवती श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो निर्देशक टेक रावतलाई सङ्क्रमण भएको थियो । उनीहरु सबै जना कोरोनाबाट मुक्त भइसकेका छन् ।