कोरोना भाइरस पैसा र मोबाइलको स्क्रिनमा २८ दिनसम्म बाँच्छ : अध्ययन


एजेन्सी – विज्ञहरुले कोरोना भाइरसको संक्रमण कागजको पैसा, मोबाइलको स्क्रिन र स्टेनलेस स्टीलमा २८ दिनसम्म जिवित रहने तथ्य फेला पारेका छन् ।

अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीकाअनुसार यी वस्तुहरुमा कोरोना भाइरस सोचे भन्दा लामो समय सम्म जीवित रहन सक्छ ।

यद्यपि यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । जबकि कोरोना भाइरस अल्ट्राभ्वाइलेट प्रकाशको प्रयोगले नष्ट भएको थियो ।

केही विज्ञहरुले मानिसहरुको वास्तविक जीवनमा उपस्थित भाइरसबाट संक्रमित हुनेम आशङ्का गरेका छन् । धेरै जसो केसहरुमा कोरोना भाइरस संक्रमण खोक्दा, हाच्छ्यु गर्दा र मानिसहरुबीच कुराकानी गर्दा पनि सर्ने विज्ञहरुले बताएका छन् ।

सुरुका परीक्षणले नोट र काँचमा रहेको कोरोना भाइरस दुई वा तीन दिनसम्म बाँच्न सक्ने देखाएको थियो । साथै प्लास्टिक र स्टेनलेस स्टीलको सतहमा यो छ दिनसम्म बाँच्न सक्छ । यद्यपि प्रयोगशाला परीक्षणको नतीजामा केही फरक परेको थियो ।

अस्ट्रेलियाको एजेन्सी सीएसआईआरओको एक अनुसन्धानले भाइरस धेरै शक्तिशाली रहेको देखाएको छ । भाइरस मोबाइलको सिसा, प्लास्टिक र कागजको नोटमा कोठाको तापक्रम (२० डिग्री सेल्सियस)मा २८ दिनसम्म धेरै बलियोरूपमा रहने पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement