खोप लगाएका व्यक्तिबाट कोरोना सर्ने जोखिम आधा कम

खोप लगाएका व्यक्तिबाट कोरोना सर्ने जोखिम आधा कम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिबाट कोरोना भाइरस संक्रमण सर्ने जोखिम आधा कम रहेको अध्ययनले देखाएको छ ।

कोरोना भाइरस विरुद्धको खोपको एउटै मात्राले घरभित्र हुने संक्रमणलाई आधा घटाउने देखिएको बीबीसीले जनाएको छ ।

पब्लिक हेल्थ इङ्गल्याण्ड पीएचईले गरेको अनुसन्धानमा फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएको तीन हप्तापछि संक्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम हुने देखिएको हो ।

कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिबाट नलगाएका व्यक्तिमा संक्रमण सर्ने जोखिम कति छ ? भन्ने यकिन तथ्याङ्क आइनसकेको अवस्थामा पब्लिक हेल्थ इङ्गल्याण्ड पीएचईले अनुसन्धानले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।