पछिल्लो २४ घण्टामा २७६८ मा कोरोना संक्रमण पुष्टि, ४ हजार २० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २७६८ मा कोरोना संक्रमण पुष्टि, ४ हजार २० जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

७ हजार ५६९ पीसीआर र ४ हजार ४६८ जनाको एन्टीजेन गरि जम्मा १३ हजार ३७ परीक्षण भएको छ ।

जसमा पीसीआरमा १९६३ र एन्टीजेनमा ८०५ जनालाई पोजेटिभ देखिएको छ । यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।