शुक्रबार थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

शुक्रबार थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार तीन सय ८ जनामा कोरोना परीक्षण गर्दा सो जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १६७८ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ ।

काठमाडौंमा चार सय १०, भक्तपुरमा ६९ र ललितपुरमा एक सय ३४ गरी उपत्यकाभित्र कुल ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।