काठमाडौं – नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत तीन जनामा यो भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ ।’
यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।
‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम हुँदैछ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘यसबारे अन्तर्रा्ष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य संगठनलाई चाँडै विस्तृत परिवतरणसहित जानकारी गराइँदैछ ।’





प्रतिक्रिया