कोरोना भाइरस संक्रमित बिरामी टेकु अस्पतालबाट फरार

कोरोना भाइरस संक्रमित बिरामी टेकु अस्पतालबाट फरार


काठमाडौं – कोरोना भाइरस संक्रमित बिरामी टेकु अस्पतालबाट फरार भएका छन् । भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका साउदी अरबका एक नागरिक फरार भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरेर कोरोना भाइरसको आशंका गरिएका साउदी नागरिक टेकु अस्पतालको एसोलेसन वाडबाट फरार भएको बताए ।

मन्त्रालयका अनुसार ती साउदी नागरिकको कोरोना परीक्षण हुन भने बाँकी थियो । उनी परीक्षणका लागि टेकु पुग्दा रुघाखोकी र उच्च ज्वरोको समस्या देखिएको थियो ।

देखिएको लक्षणअनुसार चिकित्सकहरूले उनलाई कोरोना भाइरस संक्रमण भएको आशंका गरेका थिए । कोरोनाको आशंकामा उनलाई अस्पतालले निगरानीमा राख्ने निर्णय गरी तयारी गर्नासाथ फरार भएका थिए ।