दुई जना विदेशीमाथि कोरोना भाइरसको आशंका, टेकु अस्पताल भर्ना

दुई जना विदेशीमाथि कोरोना भाइरसको आशंका, टेकु अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पुनः दुई जना विदेशी नागरिकमा कोरोना (कोभिड–१९) को आशंका गरिएको छ । मंगलबार टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा फेरि दुई जना विदेशीलाई भर्ना गरिएको हो ।

आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् । उनीहरुको परिचय खुलिनसकेको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।

आज मात्र कोरोना भाइरसको आशंकामा टेकु अस्पतालमा भर्ना भएका चार जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको थियो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको र रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।