काठमाडौं – चीनको वुहानबाट सुरु भएको कोरोना हाल विश्वव्यापी भइसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाको उच्च जोखिमको मुलुकको रुपमा घोषणा गरिसकेको छ । नेपालमा बेला–बेलामा कोरोनााको आशंका गरिएपनि यसबाट बिरामीको पुष्टि भइसकेको छैन ।
तर यहाँको भ्रमण गरेर स्पेन पुगेका एक पर्यटकको कोरोना संक्रमणकै कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नेपालको भ्रमण गरी फकिएका ती पर्यटकको सिटी अस्पतालमा उपचारका क्रममा गएको फेब्रुअरी १३ मा मृत्यु भएको भ्यालेन्सियाका स्वास्थ्य अधिकारीलाई उद्र्धृत गर्दैै डेली मेलले जनाएको छ ।
यद्यपि कोरोनाका कारण मृत्यु भएका ती व्यक्तिको बारेमा विस्तृती दिइएको छैन ।
कोरोनाभाइरसका कारण स्पेनमा ज्यान गएको यो पहिलो घटना हो ।
त्यहाँस्थित क्षेत्रीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले स्पेनमा हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।
यसअघि १७ जनामा कोरोनाको लक्षण देखिएकोमा थप २ जनामा पनि संक्रमण भेटिएको हो ।




प्रतिक्रिया