एजेन्सी – विश्वभर ७००० हजारको ज्यान लिइसकेको र महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट मानिसलाई बचाउन पहिलोपटक विकास गरिएको परीक्षण खोप लगाउन सुरु गरिएको छ ।
अमेरिकी बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गरिएको थियो । अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
अमेरिकी समाचार संस्था एपीका अनुसार अमेरिकाको वासिङ्टन अन्तर्गत सियाटल सहरस्थित काइजर परमानेन्ट अनुसन्धान केन्द्रमा ४ जनालाई परीक्षण खोप लगाइएको हो ।
यस अनुसार सबभन्दा पहिलो खोप २ सन्तानकी आमा ४३ वर्षीया जेनिफर हालेरलाई दिइएको छ । खोपपछि उनको प्रतिक्रिया यस्तो छ,“यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो ।’
एमआरएनए–१२७३ नाम दिइएको यो खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन् ।




प्रतिक्रिया