कोरोनाले मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित

कोरोनाले मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि सरकारले धेरै मानिसहरूको भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्जिदहरूमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ ।

नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिले संक्रमणबाट बच्न शुक्रबारको विशेष नमाज लगायतका हरेक दिन हुने अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । समितिले आ–आफ्नो ठाउँबाट नमाज पढ्न पनि अनुरोध गरेको छ ।

विश्वभरि कोरोना भाइरस (कोभिड—१९) को सन्त्रास फैलिरहेका बेला उपत्यकाका विभिन्न मस्जिदहरूमा कोरोनाभाइरसको जोखिम न्यूनीकण तथा रोकथामका लागि भन्दै नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो ।