यी देशमा अझै छैन कोरोना

यी देशमा अझै छैन कोरोना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको जोन हपकिन्स युनिभर्सिटीले कोरोनाभाइरसको अपडेटका लागि विश्वकै सबैभन्दा ठूलो डेटाबेस तयार गरेको छ ।

धेरैजसो मीडिया संस्थान तथा सरकार यही युनिभर्सिटीको डेटा प्रयोग गरिरहेका छन् । युनिभर्सिटीका अनुसार हालसम्म विश्वका १८० देशसम्म कोरोनाभाइरस पुगिसकेको छ । तर यस्तो देश पनि छ जहाँ कोरोना भाइरस अहिलेसम्म पुगेको छैन ।

यसमा उत्तर कोरिया पनि समावेश छ । किम जोङ उनको सरकारका अनुसार यो मुलुकमा कोरोनाभाइरसको कुनै खतरा छैन । न यहाँ कोही संक्रमित भएका छन् । यद्यपि यो मुलुकको सीमा कोरोनाको महामारी पैmलिएको चीन र दक्षिण कोरियासँग जोडिएको छ । यीनै दुई देशबाट सबैभन्दा पहिले विश्वका अन्य मुलुकमा कोरोनाभाइरस पैmलन सुरु भएको थियो ।

जोन हपकिन्स युनिभर्सिटीको ३१ मार्च सम्मको तथ्यांकका अनुसार अफ्रिका महादेशमा कयौ यस्ता देश छन् जहा हालसम्म कोरोनाभाइरसको एक केस पनि देखा परेको छैन । यी देशमा बोत्सवाना, तुर्कमेनिस्तान, ताजिकिस्तान, यमन, कोमोरोस, मलावी, साओ तोमे एन्ड प्रिन्पी, दक्षिण सुडान रहेका छन् ।

यसका अलावा केही साना टापुहरु पनि छन्, जहाँ अहिलेसम्म कोरोनाभाइरस पुगेको छैन । यसमा सोलोमन आइसल्यान्ड, भानुवातु हुन् । संयुक्त राष्ट्र संघमा १९५ देश सदस्य छन् ।

विश्व कोरोनाभाइरस नियन्त्रण्मा जुटेका बेला उत्तर कोरिया भने मिसाइल टेस्टमा व्यस्त

उत्तर कोरिया सरकारको दावीमा केही विशेषज्ञले प्रश्न पनि उठाइरहेका छन् र केहीले समर्थन पनि गरिरहेका छन् । उत्तर कोरियामा एक संक्रमित पनि नभेटिनुलाई यो मुलुक विश्वका अन्य मुलुकसँग एक्लिएर बस्नुलाई मानिएको छ । यसैले यो सम्भव भएको हो । यसैगरी विश्व कोरोनाभाइरस रोक्नका लागि जुटेको समयमा उत्तर कोरिया भने मिसाइल परीक्षणमा लागि परेको छ । उसले दुई दिन पहिले मात्रै मिसाइल परीक्षण गरेको थियो ।

हालसम्मा १३० मुलुकमा कोरोनाबाट मृत्यु

कोरोनाभाइरसबााट हालसम्म १३० देशमा ४२,३४१ जनाको मृत्यु भएको छ । १.७८ लाख मानिसलाई निको भएको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा १.८९ लाख पुगेको छ । सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । यो मुलुकमा १२,४२८ मानिसको मृत्यु भएको छ ।