नेपालमा कोरोना संक्रमितको संख्या ७ पुग्यो


काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सात पुगेको छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना देखिएका सातै जना विदेशबाट फर्किएका नागरिक हुन् । संक्रमितहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement