पोखरामा ‘पोजिटिभ’ देखिएको कोरोनाको रिपोर्ट काठमाडौंबाट ‘नेगेटिभ’


काठमाडौं – पोखराको प्रयोगशालामा पोजेटिभ देखिएको कोरोना भाइरस काठमाडौंमा जाँच्दा नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पोखरामा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।

एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

तर, ती व्यक्तिको स्वाब थप परीक्षणका काठमाडौं पठाएर परीक्षण गर्दा भने नेगेटिभ आएको बताइएको छ ।

कोरोनाको परीक्षण कम्तीमा तीनपटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।

यो रिपोर्ट पोजिटिटभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ मात्र रहेको छ । नेपालमा अहिलेसम्म कोरोना देखिएका सबै जना विदेशबाट फर्किएका नागरिक हुन् । संक्रमितहरुको उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement