दक्षिण कोरियामा निको भएका ५१ जनामा फेरी कोरोना भाइरस ‘पोजिटिभ’

दक्षिण कोरियामा निको भएका ५१ जनामा फेरी कोरोना भाइरस ‘पोजिटिभ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियामा कोरोनाभाइरसको उपचार भएर निको भएका ५१ जनामा फेरी कोरोनाभाइरस पोजिटिभ भएको छ । यसले भाइरस पुनः सक्रिय हुन सक्ने देखिएको छ ।

देशको नराम्ररी प्रभावित भएको शहर डेगुका बिरामीमा भाइरस देखिएपछि क्वारेन्टाइनमा राखिएको छ । उपचार गरेर घर फर्काइएको केही दिनपछि उनीहरुमा कोरोनाभाइरस पोजिटिभ पाइएको हो ।

कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) का अनुसार भाइरस पुनः सक्रिय हुने जस्तो देखिएको छ ।

सरकार संचालित स्वास्थ्य निकायका वैज्ञानिकहरुले मानिसको सेलमा भाइरस पहिचान गर्न नसकिने तहसम्म निष्क्रिय अवस्थामा कोरोनाभाइरस बस्ने जनाएका छन् ।

अज्ञान कारण भाइरस पुनः सक्रिय हुन सक्ने उनीहरुले बताएका छन् । तर बिरामी पुनः संक्रमित हुन सक्ने वा नसक्ने कुरा भने अस्पष्ट रहेको उनीहरुको भनाई छ ।