हेटौंडामा चार जनामा कोरोना पोजिटिभ देखियो

हेटौंडामा चार जनामा कोरोना पोजिटिभ देखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – हेटौंडामा चार जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजिटिभ आएको छ।

हेटौंडा–४ वासुदेव सभागृहमा गरिएको र्‍यापिड टेस्ट गरिएका ४० मध्ये तीन पुरुष र एक महिलाको नतिजा पोजिटिभ आएको हो ।

भारत गएर फर्किएका हेटौंडा-२ का ६७ वर्षीय वृद्ध, भारतकै बैंग्रबाट फर्किएका हेटौंडा-५ का २४ वर्षीय युवक, साउदी अरबबाट फर्किएका ३२ वर्षीय युवक र भारत बिहार घर भई हाल हेटौंडा-४ आफन्तकहाँ आएकी ५५ वर्षीय महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो ।

पुनः पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा पठाउने तयारी भइरहेको छ ।