उदयपुरमा १२ जनासहित नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

उदयपुरमा १२ जनासहित नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । कोरोना संक्रमित केही भारतीय उदयपुरको मस्जिदमा लुकेर बसेका थिए । त्यस्तै दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का पुरुष हुन् ।

जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुषः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षीय) र चितवनका २ पुरुष, २७ र ६३ बर्षीय रहेका छन् ।

उनीहरु विदेशबाट आएको बताइएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

केही दिनअगाडि काठमाडौंमा दुई जना कोरोना संक्रमित भेटिएका थिए । एक जना उपचारपछि घर फर्किएका छन् भने अन्य संक्रमितको उपचार भइरहेको छ । संक्रिमतमध्ये अधिकांश विदेशबाट फर्किएका छन् ।