वीरगन्जमा २ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जमा २ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – वीरगन्जमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो ।

यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

दुवै पुरुषलाई नारायाणी अस्पतालमा राखिएको छ । एक जना वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन् । वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय अर्को वीरगन्ज–२ का ४२ वर्षीय पुरुष रहेका छन् ।