वीरगञ्जमा एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

वीरगञ्जमा एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जमा एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ । वीरगंज–३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालमा ती युवकको थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । उनको रिपोर्ट केहीबेर अघि मात्र आएको छ ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहले संक्रमित युवकलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जानकारी दिए ।

३ नम्बर वडाका अध्यक्ष वैजु स्वर्णकारसँगै गत शुक्रवार राहत वितरणमा सहभागी भएका थिए । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । भने १६ जना उपचारपछि घर फर्किएका छन् ।