कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिन ८ सय ८१ जनाको मृत्यु


एजेन्सी– ब्राजिलमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका कारण ८ सय ८१ जनाको मृत्यु भएको छ। दक्षिण अमेरिकी मुलुक ब्राजिल यो महादेशमै कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । ब्राजिलमा हालसम्म १ लाख ७७ हजार ५ सय ८९ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १२ हजार ४ सय मानिसले ज्यान गुमाइसकेका छन् ।

ब्राजिलमा पछिल्लो दुई सातामा मात्र त्यहांको संक्रमण दोब्बर भएको हो ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो महामारीलाई गम्भीर रूपमा नलिएको भन्दै उनको आलोचना भइरहेको छ । उनले कोरोनाभाइरसलाई एउटा सामान्य फ्लूसंग तुलना गरेका छन् । लकडाउनका नाममा अर्थतन्त्रलाई शिथिल बनाउन नहुने उनले दावी गर्दै आएका छन्।

लकडाउनको समर्थन गरेको आरोपमा राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्रीलाई समेत बर्खास्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement