कोरोना भाइरसको केन्द्रविन्दु वुहान नभएको चीनको दावी

कोरोना भाइरसको केन्द्रविन्दु वुहान नभएको चीनको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोनाभाइरस चीनबाट सुरुनै नभएको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको टिप्पणीपछि यो नामले देशलाई कलंकित बनाएको मन्त्रालयले जनाएको छ ।यो आपत्तीले बेइजिङका नेता र देशका राज्य स्वामित्वको मीडियाको पछिल्लो अभिव्यक्तिलाइ इंगित गरेको छ ।

यो सुरुमा चीनको मध्य प्रान्त हवेइबाट सुरु भएको मानिएको थियो । यद्यपि यो चीनबाट सुरु नभएको हुन सक्ने बताइएको छ । नयाँ कोरोनाभाइरस सुरुमा गत वर्षको डिसेम्बरबाट सुरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मध्ये सहर वुहानमा देखा परेपछि संगठनले यसको सुरुवात भएको जनाएको थियो । त्यसयता कोभिड–१९ विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार भइसकेको छ ।

यसबाट १ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् भने विश्वभरी गरेर ४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । हालसम्म संक्रमित र मृत्यु हनेको अधिकांश संख्या चीनमा रहेको छ ।

वुहान कोरोनाभाइरसको मुख्य केन्द्रविन्दु भन्नु गैर जिम्मेवारपूर्ण अभ्यास भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

“यो भाइरस चीनबाट सुरु भएको भन्नु चीनलाई कलंकित पार्ने गैर जिम्मेवारपूर्ण व्यवहार हो,” मन्त्रालयका प्रवक्ता गेङ सुआङले बताए । उनले पोम्पियोले प्रयोग गरेको वुहान कोरोनाभाइरस शब्दको बारेमा टिप्पणी गरिरहेका थिए ।