कोरोना संक्रमणबाट बागलुङमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बागलुङको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका निसीखोला–२ का २९ वर्षीय सुनिल विकको आज बिहान मृत्यु भएकोे हो ।

मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सुरज गौरले बताए ।लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेका थिए ।