नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मोरङको महोत्तरी गाउँपालिका–३ का ६० वर्षिय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । ती बृद्धको गएराति नै अन्त्यष्टि गरिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।