कोरोना आशंकामा पाँच जना टेकु अस्पतालमा भर्ना, एक जना आइसियूमा

कोरोना आशंकामा पाँच जना टेकु अस्पतालमा भर्ना, एक जना आइसियूमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको आशंकामा पाँचजना विदेशी नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएका छन् ।

उनीहरु सोमबार अस्पताल भर्ना भएका हुन् । भर्ना भएकामध्ये एक जनालाई गम्भीर निमोनिया देखिएपछि आइसियूमा राखिएकाे छ भने चार जनालाइ आइसोलेसनमा राखेर उपचार भइरहेकाे टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए ।

अस्पताल भर्ना भएका चारैजनामा कोरोना भाइरस परीक्षण गर्दा नतिजा नेगेटिभ आएको डा. भण्डारीले जानकारी दिए ।