भारत मध्य प्रदेशका मुख्यमन्त्री शिवराजलाई कोरोना संक्रमण पुष्टि

भारत मध्य प्रदेशका मुख्यमन्त्री शिवराजलाई कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतका मुख्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारत मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । उनले आफूलाई कोरोना पोजेटिभ देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन र क्वारेन्टाइनमा जान सुझाव दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘मेरा प्यारा प्रदेशवासीहरू मलाई कोभिड–१९ को लक्षणहरू देखिएको थियो । परीक्षणपछि मेरो रिपोर्ट पोजेटिभ देखिएको छ । मेरा सबै मित्रहरूमा अपिल गर्दछु कि जुन साथीहरू मेरो सम्पर्कमा आउनुभएको थियो उहाँहरूले पनि आफ्नो कोरोना टेस्ट गर्नुहोस् ।

मेरा निकटमा सम्पर्कमा रहेका मानिसहरू तत्काल क्वारेन्टाइनमा जानुहोस् । डाक्टरले अस्पतालमा भर्ना हुन सल्लाह दिएका छन्। कोभिड अस्पताल चिरायु अस्पतालमा भर्ना हुन जाँदैछु ।’ कोरोनालाई बेवास्ता नगर्न पनि उनले आग्रह गरेका छन् ।