कोरोना संक्रमण पुष्टि भएकी अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना


एजेन्सी – कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना भएकी छन् ।

स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ अचानक मुम्बइस्थित ‘नानावती हस्पिटल’ मा भर्ना गरिएको हो ।

४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।

ऐश्वर्याका पति अभिषेक बच्चन र ससूरा अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै ‘कोभिड १९’ को उपचार भइरहेको छ । गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस संक्रमण भएको थियो ।

त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्रमण भएको छ । अमिताभकी पत्नी जया बच्चनको पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement