पोखरा – कोरोना भाइरस संक्रमणका कारण पोखरामा बिहिबार थप दुई जनाको मृत्यु भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पताल र कास्की सेवा अस्पतालमा एक÷एक गरी दुई संक्रमित महिलाको गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचाररत पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको हो ।
त्यस्तै मंसिर ९ गते कोरोना पुष्टि भएपछि कास्की सेवा अस्पतालमा उपचाररत लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको गएराति नै निधन भएको हो ।




प्रतिक्रिया