रुघाखोकी लागेपछि कोरोना पुष्टि, अस्पताल लादै गर्दा बाटैमै मृत्यु

रुघाखोकी लागेपछि कोरोना पुष्टि, अस्पताल लादै गर्दा बाटैमै मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजका निमित मेडिकल सुपरिडेंट डाक्टर रंजित झाका अनुसार करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक थाइराईड तथा मुटु सम्बन्धित रोगी रहेका थिए । मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको उनको भनाइ छ ।