काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको थियो । प्रवक्ता डा. गौतमका कुल ४ लाख ६ हजार ५९४ पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १५ हजार २६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।




प्रतिक्रिया