काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) बारे बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे बाहिरी हल्लाको पछि नलाग्न आग्रह गर्दै यो भाइरसबारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा फोन सम्पर्क गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिन थालेको महाशाखाका निर्देशक वासुदेव पाण्डेले जानकारी दिए ।
उक्त नम्बरमा २४ सै घण्टा फोन सम्पर्क गर्न सकिने उनले बताए ।




प्रतिक्रिया