एजेन्सी – कोरोना भाइरसको क्षेत्र बढेसँगै चीनले यसको भयंकरतालाई बुझ्यो र यसलाई नियन्त्रण गर्नतर्फ लाग्यो । यो विश्वव्यापी महामारीलाई नियन्त्रण गर्नका लागि चीनले सबै स्तरमा काम गर्यो र विस्तारै–विस्तारै संक्रमणमाथि नियन्त्रण कायम गर्यो ।
चीनले वुहानमा फैलिएको भाइरसको भयंकरतालाई जसरी अनुमान लगायो, यो क्षेत्रलाई अन्य राज्यसँग पुरै किसिमबाट सम्पर्क विहीन गर्यो । वुहानबाट बाहिर जान र अन्य क्षेत्रबाट भित्र पस्नका लागि प्रतिबन्ध लगायो । साथै मानिसलाई घरबाट बाहिर निक्लन समेत प्रतिबन्ध लगायो । यसपछि संक्रमण पैmलनबाट रोक्नका लागि स्यानिटाइजर छर्कन थाल्यो ।
चीनको सरकार र प्रभावित क्षेत्रको प्रशासनले कोरोनाभाइरसको विषयलाई लिएर अनलाईन वा अफलाइन चर्चा गर्न प्रतिबन्ध लगायो । अफवाह फैलाउने बिरुद्ध सख्त कारवाही गरियो । कोरोना प्रभावित सबै क्षेत्रमा स्वास्थ्य कोड नाम को प्रणाली तयार गरेर लागू गरियो । सबै मानिसलाई उनीहरुको रेकर्ड अनुसार रातो, पहेँलो र हरियो रंगको कोड दिइएको थियो । यसै कोडका आधारमा मानिसको उपचार सुरु गरिएको थियो ।
चीनको कयौ कम्पनीले अनुहार पहिचानको प्रणाली सुरु गर्यो । यस प्रणालीको सहयोगबाट सार्वजनिक स्थलमा मास्क नलगाउने व्यक्तिको पहिचान गरियो र उनीहरुको बिरुद्धमा कारवाही गरियो । संक्रमित तथा बचाउको तरिका नपनाउने व्यक्तिको पहिचानका लागि सोशल मीडियाको सहयोग लिइयो । अनी यस किसिमका मानिसका लागि सुरक्षात्मक उपाय अपनाउनका लागि प्रोत्साहित गरियो । कयौ शहरमा संक्रमितको पहिचान बताउने व्यक्तिलाई प्रोत्साहन स्वरुप पुरस्कार समेत दिइयो ।
प्रशासनले प्रत्येक खाली तथा राम्रो स्थानमा अस्थायी अस्पताला बनाउने काम सुरु गर्यो र केही दिनमै अस्पतालको ठूलो नेटवर्क समेत स्थापित गरियो । जीमखान तथा रंगशाला जस्ता ठाउँलाई अस्पतालम परिवर्तन गरियो । स्कुल र कलेज बन्द गरियो । मल, सिनेमा हल समेत सबै भीड हुने स्थानमा मानिसलाई जानबाट रोक लगाइयो ।
कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि चीनले ५४९ राष्ट्रिय तथा राज्य राजमार्गका साथै काउन्टी र टाउनशिप सडकलाई पुरै किसिमबाट बन्द गरिदियो । देशका १२,००० भन्दा बढी राजमार्ग भाइरस प्रभावित क्षेत्रबाट पृथक गरियो । यसैगरी प्रभावित क्षेत्रमा ११,००० भन्दा बढी स्वास्थ्य केन्द्र बनाइयो । यी केन्द्रमा मानिसको जाँच आफ्नो परीक्षण गराउन सक्थे । ज–जसलाई कोरोना भाइरसको संक्रमणको शंका लागेको छ , उनीहरले यी केन्द्रमा आफ्नो जाँच गराउन सक्थे ।
चीनको २८ प्रान्तमा अन्तर–प्रान्तिय सडक यात्री परिवहन बन्द गरिएको थियो । २०० भन्दा बढी शहरमा सार्वजनिक परिवहन बन्द गरिएको थियो । यसका अतिरिक्त रेल परिवहनमा पनि प्रतिबन्ध लगाइएको थियो । कुनै पनि किसिमका कच्चा बस्तु प्रभावित क्षेत्रमा पठाउन तथा त्याहाँबाट बाहिर लैजान रोक लगाइएको थियो । महामारीको रोकथामा तथा नियन्त्रणका लागि टोल सडकबाट हिड्ने सबै सवारी साधनलाई टोल करबाट छुट दिइयो ।
बिरामीको बढ्दो संख्यालाई मध्यनजर गर्दै राता–रात १,००० शैया क्षमतको अस्पताल बनाएर तयार गरिएको थियो । केबल हुबेइ प्रान्तमा एक दर्जनभन्दा बढी अस्थायी कोरोना भाइरस अस्पताल बनाइयो । मानिससम्म औषधी र खाना पु¥याउनका लागि रोबोटको प्रयोग गरियो । चीनको यो कडाईको फाइदा महामारीसँग जुझ्नका लागि उपयुक्त प्रमाणित भयो । अस्वस्थामा सुधार आयो । यद्यपी घरको केबल एक व्यक्तिलाई मात्रै बाहिर निक्लने अनुमती दिइयो ।
सबै स्कूल– कलेज बन्द गरेर अनलाइन कक्षा चलाइयो । घरमा भोजन तथा अस्पतालमा औषधी पु¥याउनका लागि केन्द्रीकृत सुविधा सुरु गरियो । चीनले शहरनै बन्द गरेको जस्तै गरेर अर्को ठूलो प्रभावित मुलुक इटालीले पनि आफ्नो देशनै बन्द गराएको छ । अमेरिकाले पनि न्यूयोर्क शहर लगायत क्यालिफोर्निया राज्यनै लकडाउन गरेको छ । हाल चीनमा घरेलू नयाँ संक्रमणको नयाँ घटना देखिएको छैन । त्यसैले यो महामारी नियन्त्रणका लागि चीनबाट पनि केहि सिक्ने कि ?




प्रतिक्रिया