काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण फेला परेको हो ।
उनलाई कोरोना पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनलाई बागलुङबाट सुरक्षित काठमाडौं ल्याइदैछ ।
संक्रमित दोस्रो र पाँचौ व्यक्ति एउटै विमानबाट नेपाल आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते (१७ मार्च) फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् ।
त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएपछि अहिले उपचाररत छिन् ।
यसअघि चार जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । संक्रमित मध्य एक जना डिस्चार्ज भइरसकेका छन् भने अन्यको उपचार जारी छ ।




प्रतिक्रिया