नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण फेला परेको हो ।

उनलाई कोरोना पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनलाई बागलुङबाट सुरक्षित काठमाडौं ल्याइदैछ ।

संक्रमित दोस्रो र पाँचौ व्यक्ति एउटै विमानबाट नेपाल आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते (१७ मार्च) फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् ।

त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएपछि अहिले उपचाररत छिन् ।

यसअघि चार जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । संक्रमित मध्य एक जना डिस्चार्ज भइरसकेका छन् भने अन्यको उपचार जारी छ ।