काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या चार पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको बताए । उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ ।
‘उहाँ दुबईबाट आउनुभएको हो । उहाँको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,’ मन्त्रालयका प्रवक्ता देवकोटाले भने , ‘उहाँ चैत ११ गते भर्ना हुनुभएको हो । स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो ।’




प्रतिक्रिया