कोरोनाको त्रासदीबीच चीनमा नयाँ भाइरस आयो, एक जनाको मृत्यु

कोरोनाको त्रासदीबीच चीनमा नयाँ भाइरस आयो, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नसकिँदै चीनमा नयाँ भाइरस देखा परेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको अन्त्य नहुँदै चीनमा नयाँ भाइरस देखा परेको हो । चीनमा हान्ताभाइरसबाट एक जना पुरुषको ज्यान गएको इन्डियन टाइम्सले जनाएको छ ।

युन्नान प्रान्तका एक मानिस सोमवार शानदोङ प्रान्तमा जाँदै गर्दा बसमा मरेको समाचारमा जनाइएको छ । यो भाइरस मुसाबाट सर्ने गर्दछ । हान्ताभाइरस पल्मोनेरी सिन्ड्रोम र हेमोराजिक फिभर गराउँछ ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘युनान प्रान्तका एक व्यक्तिको सोमबार बसमा कामका लागि फर्कने क्रममा मृत्यु भयो । उनमा हान्ताभाइरस पोजिटिभ देखिएको थियो । बसमा रहेका ३२ जनाको परिक्षण गरिएको थियो ।’

चीनबाट फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

हान्ताभाइरस मुख्यतया मुसाबाट सर्छ र मानिसहरूमा यसले विभिन्न खाले रोग लगाउँछ । यो रोग हावाको माध्यमले सर्दैन र मानिसहरू मुसाको पिसाब, दिसा र थुकको सम्पर्कमा आएमा मात्र सर्छ । संक्रमित मुसाले टोकेमा समेत रोग सर्ने सम्भावना रहन्छ ।

हान्ताभाइरसको प्रारम्भिक लक्षण भनेका थकान, ज्वरो, मांसपेशी दुख्ने, टाउको दुख्ने, चक्कर आउने, चिसो लाग्ने र आन्द्रामा समस्या आउने हुन् । यसको समयमै उपचार नगरिएमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र मृत्यु समेत हुने देखिन्छ । तर हान्ताभाइरस मानिसबाट मानिसमा सर्दैन ।

यो भाइरस नयाँ भनिए पनि वास्तविकता भने अर्कै छ । संयुक्त राज्यको बायोटेक्नोलोजी सूचना केन्द्रका लागि एनसीबीआईले एक पत्रिकामा लेखेको छ, ‘हाल, हान्ताभाइरसजीनसमा २१ भन्दा बढी प्रजातिहरू छन् । १९७८ मा दक्षिण कोरियामा हान्तान नदी नजिकै संक्रमित फेला परेका थिए । हान्तान नदीको नामबाट यो भाइरसको नाम हान्तान भाइरस भयो ।’

यो प्रारम्भिक अनुसन्धानअनुसार कोरियाली युद्ध (१९५१–१९५३) का कारण संयुक्त राष्ट्रसंघका सेनाहरूमा तीन हजार जनामाबीच कोरियाली रक्तस्रावका ३००० भन्दा बढी घटनाहरू आएका थिए ।

१९८१मा बुन्याभिरिडे परिवारमा ‘हान्ताभाइरस’ भनेर चिनिने नयाँ रोग भनेर पत्ता लागेको थियो ।