काठमाण्डु – मुलुकमा कोरोना भाइरस संक्रमणदर बढ्दै गइरहेका बेला नेपाल प्रहरीको हेडक्वाटरमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा बिहिबार थप १० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी मुख्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेरसिंह कडायतले जानकारी दिए ।
यसबाहेक संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको उनले बताए । संक्रमणको जोखिम बढेपछि प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई सिल गरिएको प्रवत्त प्रवेशमा रोक लगाइएको प्रवक्ता कडायतले जानकारी दिए ।




प्रतिक्रिया