धनगढीकी महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ

धनगढीकी महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ आएको छ ।

धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिलाको छैटौं पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो ।

चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरि परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनका अनुसार दुईपटकसम्म रिपोर्ट नेगेटिभ आएमा उनलाई अस्पतालले डिस्चार्ज गरिनेछ ।